डेङ्गु सङ्क्रमणबाट कञ्चनपुरमा २८ वर्षीय पुरुषको मृत्यु
- वर्ल्ड दैनिक
- १ साल अघि
- १७० पटक पढिएको
कञ्चनपुर। डेङ्गु सङ्क्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्री रहेका छन्। खत्रीको खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ।
उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाले बताए। एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि परिवारजनले उपचारका लागि धनगढी लगेका थिए।
वडाध्यक्ष रानाका अनुसार भारतबाटै डेङ्गुको सङ्क्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी प्राप्त भएको छैन।
डेङ्गु सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्नका लागि वडामा विशेष अभियान सञ्चालन गर्नका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस