खैरहनी नगरपालिकाद्वारा ४१ स्वयंसेवक शिक्षक नियुक्त

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • ९९ पटक पढिएको
खैरहनी नगरपालिकाद्वारा ४१ स्वयंसेवक शिक्षक नियुक्त

चितवन। कक्षागत र विषयगत दरबन्दी कम भएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा खैरहनी नगरपालिकाले स्वयंसेवक शिक्षकलाई नियुक्त गरेको छ। खैरहनी नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यापन गराउन ४१ स्वयंसेवक शिक्षकलाई नियुक्त गरेको हो।

“स्वयंसेवक शिक्षक परिचालनबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनेमा हामी विश्वस्त छौँ।”, खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाँले भने। उनका अनुसार नियुक्त गरिएका स्वयंसेवक शिक्षकले अन्य शिक्षकसरह पढाउनुपर्ने छ।

खैरहनीमा विसं २०७६ यता विषयगत, कक्षागत र विद्यार्थी सङ्ख्या धेरै भएर शिक्षक अपुग भएको विद्यालयमा स्वयंसेवक शिक्षकलाई खटाउँदै आएको छ।

नगरपालिकाको आन्तरिक आम्दानीबाट नै खर्च हुने गरी स्वयंसेवक शिक्षकको व्यवस्थापन गरिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित