आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्ने
- वर्ल्ड दैनिक
- १ साल अघि
- २५४ पटक पढिएको
काठमाडौं। प्रधानमन्त्री सचिवालयका अनुसार आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बैठक बस्ने भएको हो।
बैठकमा सरकारका काम कारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्ड र अमेरिका भ्रमणमा रहँदा गरिने काम र जाने प्रतिनिधिमण्डलको विषयमा पनि छलफल हुने बताईएको छ। यो भन्दा अगाडिको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अमेरिका भ्रमण स्वीकृत गरेको थियो।
प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ। आगामी सेप्टेम्बर ५ तारिखदेखि अमेरिकाको न्यूयोर्कमा राष्ट्रसंघको महासभा सुरु हुँदैछ।
प्रतिक्रिया दिनुहोस