साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा सामान्य सुधार

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • १५६ पटक पढिएको
साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा सामान्य सुधार

साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा सामान्य वृद्दि देखापरेको छ। आज सेयर बजार ५.०९ अंकले बढेसँगै नेप्से परिसूचक १९९८.४८ को विन्दुमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ १.४५ अंकले बढेर ३८३.५६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २७९ कम्पनीका ३६ लाख ७० हजार ७३१ कित्ता सेयर ९८ करोड ८६ लाख २८ हजार ५६२ रुपैयाँमा किनबेच भएका छन्। आज कारोबार रकम भने घटेर १ अर्ब रुपैयाँ मुनिको भएको छ।

आज कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ भने स्वाभिमान लघुवित्तको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ। साताको दोस्रो बजारमा आज २२७ कम्पनीको शेयर कारोबार भएमध्ये ११८ कम्पनीको शेयर बढ्दा ९७ कम्पनीको शेयर घटेको छ भने १२ कम्पनीको सेयर कारोबार स्थिर रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित