भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको हो : प्रधानमन्त्री दाहाल
- वर्ल्ड दैनिक
- १ साल अघि
- २१४ पटक पढिएको

प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको रहेको बताएका छन्। प्रधानमन्त्री दाहालले सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औँ बैठकलाई सम्बोधन गर्दै सुशासन कायम गर्ने कार्यभार सिंगो देशको भएको बताएका हुन्।

त्यस्तै उनले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान अगाडी बढाउनुपर्ने बताएका छन्।
उनि भन्छन्,‘संघीय सरकारले प्रारम्भ गरेको भ्रष्टाचार निवारण र सुशासन स्थापित गर्न चालेको कदम प्रदेश र स्थानीय तहमा समेत विस्तारित गर्दै दण्ड र पुरस्कारको प्रणालीलाई स्थापित गर्न, राम्रो काम गर्नेहरुलाई प्रोत्साहित गर्न र आम जनसमुदायमा आशाको रक्तसञ्चार गर्न आवश्यक छ।’
प्रतिक्रिया दिनुहोस