आसरा सुधार केन्द्र रानीबारीको २५औं वार्षिक साधारणसभा सम्पन्न

  • वर्ल्ड दैनिक
  • १० महिना अघि
  • १९५ पटक पढिएको
आसरा सुधार केन्द्र रानीबारीको २५औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको अध्यक्षतामा आसरा सुधार केन्द्र रानीबारीको २५औं वार्षिक साधारणसभा सोही केन्द्रमा आइतबार आयोजित कार्यक्रमबीच सम्पन्न भएको छ।

सो अवसरमा केन्द्रकी अध्यक्ष कुँवरले सीमित स्रोत र साधनका बाबजुद विभिन्न उपचारात्मक विधि अपनाई विगत २६ वर्षदेखि हालसम्म ५ हजार ८ सय ७८ जना लागूऔषध प्रयोगकर्ताहरूलाई समाजमा पुनर्स्थापना गराउने कार्यमा केन्द्रले योगदान पुर्‍याएको बताउनुभयो। लागूऔषध सम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्दै सेवालाई अझ बढी गुणस्तरीय बनाउन केन्द्र कटिबद्ध हुनुपर्ने उहाँले बताउनुभयो।

उक्त केन्द्रकी सचिव श्रीमती सिता ज्ञवालीले वार्षिक कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष श्रीमती नबिना कार्कीले आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, आसरा सुधार केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, केन्द्रका सल्लाहकारहरू लगायत प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो। नेपाल प्रहरी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित