सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि भएन सुनुवाई

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • ११० पटक पढिएको
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि भएन सुनुवाई

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीमुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा पेसी तोकिए पनि सुनुवाइ हुन सकेन। लामिछाने विरुद्ध काठमाडौंको गौशालास्थित एक होटलमा नाबालिकामाथि बलात्कार गरेको आरोप लागेको छ। न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएपछि सुनुवाई हुन नसकेको हो ।

पीडित किशोरीले आफन्तको सहयोगमा गत भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। प्रहरीले लामिछानेलाई २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी हिरासतमा लिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित