आइतबार सुनको मूल्य स्थिर बस्यो,तोलाको कति ?

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • १६४ पटक पढिएको
आइतबार सुनको मूल्य स्थिर बस्यो,तोलाको कति ?

नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर बसेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामाआज सुनको भाउमा कुनै फेरबदल नभएको हो।

महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ। यो भाउ यस वर्षकै उच्च हो।

गत शुक्रबार पनि सुनको भाउ स्थिर रहेको थियो। यो दिन पनि प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको भाउमा भने वृद्धि आएको छ। आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित