सन्दीपविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा, आइतबारबाट नियमित सुनुवाइ हुने
- वर्ल्ड दैनिक
- १ साल अघि
- १७३ पटक पढिएको

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीमुद्दामा आजदेखि नियमित सुनुवाइ हुने भएको छ। लामिछाने विरुद्ध काठमाडौंको गौशालास्थित एक होटलमा नाबालिकामाथि बलात्कार गरेको आरोप लागेको छ।

सो मुद्दामा काठमाडौं जिल्ला अदालतमा आजबाट नियमित सुनुवाइ गर्न लागेको हो। नाबालिग बलात्कारको कसुरमा क्रिकेटर लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो । मुद्दाको पेशी इजलास नम्बर १५ मा न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासमा तोकिएको छ।
यसअघि न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति दुईथरी देखिएको भन्दै गत साता गौशाला २६ को परिवारले बसाईसराई गर्दा पेश गरेको कागजातको प्रमाणित प्रतिलिपि र उनकी आमाको उमेर खुल्ने कागजात अदालतमा पेश गर्न आदेश दिएका थिए । सो कागजात अदालतमा पेश भईसकेको छ।
त्यस्तै क्रिकेटर सन्दीप लामिछानेले बयानका क्रममा अदालतमा बुझाएको किशोरीको जन्म दर्ता किताबको प्रतिलिपिको जाँच गर्न पनि इजलासले आदेश दिएको थियो। पीडित किशोरीले आफन्तको सहयोगमा गत भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। प्रहरीले लामिछानेलाई २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी हिरासतमा लिएको थियो।