दमक नगरपालिकाका हाकिमसँगको टिकटक लाइभ गर्ने महिला को हुन् ?

  • वर्ल्ड दैनिक
  • १० महिना अघि
  • ४९३ पटक पढिएको
दमक नगरपालिकाका हाकिमसँगको टिकटक लाइभ गर्ने महिला को हुन् ?

यतिखेर सामाजिक सञ्जालमा दमक नगरपालिकाका हाकिमसँगको टिकटक लाइभ गर्ने महिला को हुन् ? भन्ने विषय सबैको चासोको केन्द्रविन्दु बनेको छ। आफ्नो चरित्र मदिरामा लठठ् भएर टिकटक लाइभ गरी आफैं उदांगो पारेपछि उनी को हुन भन्ने विषयमा चर्चा परिचर्चा शुरु भएको हो।

दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डमरुप्रसाद निरौलासँग मदिरामा लठठ् भएर टिकटक लाइभ गर्ने महिलाको फेसबुकमा सुजता दाहाल नाम लेखिएको र आफनो व्यवसायिक फर्म एसआर आवरणको नाममा टिकटक अकाउण्ट बनाएर व्यवसायिक प्रवद्र्धनको आशयसहितका सामग्रीहरु राखेको पाइएको छ।

थप खोजी तथा अनुसन्धान गर्दा केही तथ्यहरु फेला परेका छन्। फेसबुकमा सुजता दाहाल लेखिए तापनि उनको नागरिकतामा नाम कला न्यौपाने रहेको छ। दमकको साविक १३ तथा हालको ८ नम्बर वडामा माइतीघर भएकी उनको जन्म मिति २०४५ साल मंसिंर ११ गते नागरिकतामा उल्लेख छ भने ठेगाना अनारमनी गाविस वडा नं २ उल्लेख छ। उनको सोही नागरिकताका आधारमा राहदानी समेत जारी भएको छ।

 

सन २०१६ मा जारी भएको उनको राहदानी नं १०१५३१६१ रहेको छ। विर्तामोडका एक प्रतिष्ठीत व्यवसायीसँग बिबाह गरेकी दाहालको आफना पतिसँग सम्बन्ध विच्छेदको मुद्धा झापा जिल्ला अदालतमा चलिरहेको छ। उनी पतिसँगको सम्बन्धबाट टाढिँदै दमकस्थित सिद्धी मार्केट भित्र करिब ३र४ बर्षदेखि व्यवसाय सञ्चालन गरेर बस्दै आएकी थिइन। उनले सामाजिक सञ्जाल मार्फत विदेशमा बसेका नेपालीहरुसँग पनि सम्पर्क गरेर विभिन्न बहानामा नजिक हुँदै रकम असुल्ने गरेको पाइएको छ।

सामाजिक सञ्जालमा कतिपयले ति महिलालाई पीडित महिलाको जस्तो व्यवहार गरेर निरौला तार्गेट मात्रै विषयहरु सार्वजनिक भएकोमा असन्तुष्टिसहित चरित्रमा आँच आउने गरी त्यस्तो हर्कतको टिकटक मार्फत लाइभ (प्रत्यक्ष प्रशारण) गर्ने महिलाका बारेमा आम नागरिकहरुले सुसुचित हुन पाउनु पर्ने माग पनि गरिरहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित