रुपन्देही औद्योगिक क्षेत्रमा एक वर्षमा करिब २ सय उद्योग बन्द

  • वर्ल्ड दैनिक
  • १० महिना अघि
  • ३६५ पटक पढिएको
रुपन्देही औद्योगिक क्षेत्रमा एक वर्षमा करिब २ सय उद्योग बन्द

औद्योगिक क्षेत्रको रूपमा परिचित रुपन्देहीमा एक वर्षमा करिब २ सय उद्योग बन्द भएका छन् । आर्थिक मन्दीका कारण धमाधम यी उद्योगहरू बन्द भएपछि चुनौती थपिएको छ ।
औद्योगिक क्षेत्रको रूपमा परिचित रुपन्देही कोरोनाको महामारीले निम्त्याएको वैश्विक आर्थिक मन्दी र त्यसले बढाएको ब्याजदरका कारण उद्योग बन्द भएको उद्योगीहरुले बताएका छन्। सरकारले उद्योगमैत्री वातावरण नबनाउँदा यो समस्या आएको उद्योगीहरूको गुनासो छ ।

बजेटमा आएको नीतिका कारण रुपन्देहीमा लामो समयदेखि सञ्चालनमा रहेका फलाम उद्योग, स्टिल उद्योगलगायत विभिन्न खालका उद्योगहरू बन्द भएका छन् ।
बैंकले लगानी नगर्नु र कर्जा लगानी गरेबापत महंगो ब्याज उठाउनु अर्को समस्या भएको व्यवसायीको गुनासो छ। उद्योग सञ्चालनमा समस्या भएको भन्दै फर्म बन्द गर्नेहरूको संख्या पनि बढ्दो रहेको घरेलु तथा साना उद्योग कार्यालय भैरहवाले जनाएको छ। कार्यालयका प्रमुख अर्जुन थापाले आर्थिक वर्ष २०७९।८० मा १९० जना उद्योगीले आफ्नो फर्म बन्द गराएको जानकारी दिए।

रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल औद्योगिक क्षेत्रको रूपमा चिनिएको रुपन्देहीमा एकै वर्ष धेरैमात्रामा उद्योग बन्द हुनु सामान्य नभएकोले सरकार गम्भीर हुनुपर्ने बताउँछन् ।
‘कोभिड महामारीपछि यसैपनि उद्योगीहरू थला परेका थिए, त्यसमाथि चालू वर्षमा पूँजीगत खर्चले उस्तै निराशा बनायो, ७/८ प्रतिशतमा ब्याजमा लिएका बैंकमा १८ प्रतिशतसम्म पुग्यो, र सरकारको नीति पनि उद्योगमैत्री भएन र उद्योगहरू चल्नै नसक्ने भएका हुन्, बन्द भएका भन्दा केही घन्टा मात्रै चलेका उद्योगहरू धेरै छन्’ उनले भने ।
अर्थतन्त्र चलायमान हुन नसक्नु, अन्तर्राष्टिय विमानस्थल बनेर पनि नचल्नु, पर्यटन क्षेत्रको लगानी उठ्न नसक्नुलगायतका कारण ३५ प्रतिशत पनि उत्पादन नभएको उनको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित