नागरिक बचाउ महाअभियानको केन्द्रीय सचिवालयको प्रथम पूर्ण बैठक

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ७४४ पटक पढिएको
नागरिक बचाउ महाअभियानको केन्द्रीय सचिवालयको प्रथम पूर्ण बैठक

राष्ट्र, राष्ट्रियता , धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले गत जेष्ठ २५ गते राष्ट्रिय सभा मा आयोजित कार्यक्रमका अवसरमा घोषणा गरेको केन्द्रीय सचिवालयका पदाधिकारीहरूको प्रथम पूर्ण बैठक आज भक्तपुर स्थित सूर्यविनायक हरित तरकारी तथा थोक बजारको हलमा सम्पन्न गरेकाे छ ।
केन्द्रीय अध्यक्ष मण्डलका सदस्यहरु सहित ५३ जना सचिवालय पदाधिकारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता अभियानका केन्द्रीय अध्यक्ष  दुर्गा प्रसाईले गरेका थियो ।
केन्द्रीय अध्यक्ष मण्डलका सदस्य हरी कार्कीले सञ्चालन गरेकाे उक्त कार्यक्रममा ईशा खड्काले स्वागत मन्तव्य राखेकी थिइन भने आनन्द प्याकुरेलले अभियानको कार्यविधि प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा नवराज पनेरुले अभियानको आगामी कार्ययोजना प्रस्तुत गरेका थिए भने इ. दीपेन्द्रले अभियानमा जोडिएर देश र जनताको रक्षा गर्ने उद्देश्य रहेको विषय प्रस्तुत गरेका थिए ।
विगतका कार्यक्रमहरूको समीक्षा सहित सहभागी सदस्यहरुबाट कार्यनीति माथि विचार राख्दै प्रस्तुत प्रस्तावित कार्यनीतिलाई सर्वसम्मतिले पास गरेका थिए ।
कार्यक्रमको अन्त्यमा अभियानका संयोजक तथा कार्यक्रमका अध्यक्ष दुर्गा प्रसाईले अबको प्रमुख कार्य भनेको यो आषाढ मसान्त सम्म मा बैंक तथा वित्तीय संस्था पीडितहरुलाई झन् कठिन परिस्थिति को सामना गर्नु पर्ने अवस्था आउन लागेकोले त्यस तर्फ सबै अभियन्ताहरुले सक्रियताका साथ चनाखो भएर साथ र सहयोग पुर्याउनु पर्ने र त्यसका साथसाथै देशमा पूर्ण शान्ति विकासका लागि व्यवस्था नै परिवर्तन नगरी सम्भव नहुने देखिएकोले सम्पूर्ण अभियन्ताहरु एक भएर अभियानमा लाग्नु पर्ने बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%६%