राष्ट्रिय जनमोर्चाको मेचीकाली अभियान

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ४६४ पटक पढिएको
राष्ट्रिय जनमोर्चाको मेचीकाली अभियान
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनतामा सही विचारको बिजारोपण गर्न आफ्नो पार्टीले मेचीमहाकाली अभियान सञ्चालन गरेको जानकारी दिनुभएको छ । जनमोर्चा सुर्खेत जिल्ला शाखाद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो ।
“हामीले जेठ १–१५ गतेसम्म  देशैभरि पुग्नेगरी अभियान सुदूरपश्चिम र बागलुङबाट थालेका छौँ”, महासचिव भट्टले भन्नुभयो, “सुदूरपश्चिमको अभियान सकेर पहिलो टोली कर्णाली आइपुगेको छ भने दोस्रो टोली पूर्वी नेपालको बारासम्म पुगेको छ ।”
सरकारले अहिले भ्रष्टाचारविरुद्ध चालेको कदम स्वागत योग्य भए पनि त्यसको गन्तव्य कहाँसम्म हो भन्ने यकीन नभएको उहाँको भनाइ थियो ।
महासचिव भट्टले देशमा राजनीतिक स्थायीत्व, आर्थिक विकास, जनजीविकाका विविध पक्ष एवं भ्रष्टाचार नियन्त्रणका विषयमा जनतालाई जागरुक बनाउन जनमोर्चाले यो देशव्यापी अभियान सञ्चालन गरेको स्पष्ट पार्नुभयो ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित