दुर्गा प्रसाईंले भनेको कुरा सत्य सावित, चितवनमा उद्योगपतिले गरे आत्महत्या

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ८६४ पटक पढिएको
दुर्गा प्रसाईंले भनेको कुरा सत्य सावित, चितवनमा उद्योगपतिले गरे आत्महत्या

देश आर्थिक संकटमा गुज्रिरहेको बेला एक पछि अर्को व्यापारीले आत्महत्या गर्दै आइरहेको खबर अब सामान्य हुन थालेको छ। चितवनका नामी उद्योगपति शंखर कडेलले आर्थिक लेनदेनका कारण आत्महत्या गरेका छन्। कडेल नेपाली कांग्रेसका पुर्व चितवन जिल्ला सचिव समेत रहेर काम गरेका थिए। आर्थिक लेनदेनमा सन्तुलन गुमाएपछि कडेलले आत्महत्या गरेको चितवन जिल्ला प्रहरी कार्यलयका प्रमुखले बताएका छन्।

चितवनका व्यवसायी अनमोल फीड्सका साहुले ऋणको बोझ थेग्न नसकेर आत्महत्या गरेको खबरले दुर्गा प्रसाईंको आन्दोलनलाई सार्थक बनाउदै छ।

अभियन्ता दुर्गा प्रसाईंले देशमा आर्थिक संकट हुदै गएको र अब व्यापारीले आत्महत्या गर्नेछन् भन्ने भनाई सत्य हुदै गएको यो घटना ज्वालंत उदाहरण हो। नागरिक बचाउ महाअभियान गर्दै आएका प्रसाईंले अहिले बैंक तथा वित्तिय संस्थाको ज्यादती विरुद्द आवाज उठाउदै आइरहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%२%४%२%