प्रधानमन्त्रीसँग जानकी मन्दिरका महन्तको भेट

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३२४ पटक पढिएको
प्रधानमन्त्रीसँग जानकी मन्दिरका महन्तको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग धनुषाको जानकी मन्दिरका उत्तराधिकारी महन्त पुज्यपाद रामरोशन दासलगायतको टोलीले भेटवार्ता गरी विभिन्न मन्दिरको संरक्षण तथा संवर्द्धनका बारेमा ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा विभिन्न मन्दिरका पुजारी सन्तको उपस्थिति थियो । भेटघाटमा जानकी मन्दिरलगायत देशका विभिन्न स्थानमा रहेका मठमन्दिरसँग जोडिएका विविध पक्षका बारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का नेता रहवर अन्सारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालसँग भएको भेटका बारेमा जानकारी दिँदै अन्सारीले भन्नुभयो, “आदरणीय सन्तले उठाउनुभएका विषयप्रति प्रधानमन्त्रीले गहिरो चासो लिँदै तथ्यपरक र वैज्ञानिक ढङ्गले आवश्यक पहलकदमी आफ्नोतर्फबाट हुने आश्वासन दिनुभएको छ ।”

यस्तै, धर्मसँग जोडिएका विषयलाई परम्परागत रूपले मात्र नभई समय सान्दर्भिक रही मानवोचित कार्यको सामाजिकीकरण गर्दै अघि बढ्दा समाज र राष्ट्रले अझ लाभ पाउने प्रधानमन्त्रीको भनाइ थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित