यु–१६ क्रिकेट प्रदेश छनोट प्रतियोगिता अछाममा

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३१६ पटक पढिएको
यु–१६ क्रिकेट प्रदेश छनोट प्रतियोगिता अछाममा

सोह्र वर्षमुनिको क्रिकेटको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता अछाममा हुने भएको छ । उक्त छनोट प्रतियोगिता यही चैत २८ गतेदेखि हुने छ ।

सहभागी हुने प्रदेशका आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । समूह ‘ए’मा कैलाली, बैतडी, डडेल्धुरा र दार्चुला तथा समूह ‘बी’ मा कञ्चनपुर, अछाम, डोटी र बझाङ रहेका छन् । अछामको साँफेबगरस्थित मैदानमा प्रतियोगिताको उद्घाटन खेल अछाम र डोटीबीच हुने छ । सोही दिन अर्को खेलमा कञ्चनपुर र बझाङले भिड्ने छन् ।

सचिव भट्टका अनुसार आगामी वैशाख ४ गते सेमिफाइनलका खेल हुनेछन् भने वैशाख ५ गते उपाधिका लागि प्रतिस्पर्धा हुने छ । उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा प्रदेश टोलीको घोषणा हुनेछ । उक्त टोलीले यु–१६ राष्ट्रिय प्रतियोगिता खेल्नेछ । नेपाल क्रिकेट सङ्घले मलेसियामा हुने १६ वर्षमुनिको एसिया पूर्वी क्षेत्रीय प्रतियोगितालाई ध्यानमा राख्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय छनोट प्रतियोगिता गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित