प्रधानमन्त्रीद्वारा झापा विद्रोहका सहिदप्रति श्रद्धाञ्जली

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • १५३ पटक पढिएको
प्रधानमन्त्रीद्वारा झापा विद्रोहका सहिदप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोहका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रधानमन्त्रीले आज सामाजिक सञ्जालमार्फत लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्ने झापा विद्रोहका पाँच सहिदप्रति भावपूर्ण श्रद्धासुमन प्रकट गर्नुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभएको छ, “लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्नुहुने झापा विद्रोहका महान सहिद नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित