आर्मीलाई हराउँदै पुलिस तेस्रो

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३१४ पटक पढिएको
आर्मीलाई हराउँदै पुलिस तेस्रो

शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो भएको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो पुलिसले आर्मीलाई २५–२१, २५–२१ र २५–१९ ले हरायो ।

तेस्रो स्थान हासिल गरेको पुलिसले रु ७५ हजार पुरस्कार पायो । प्रतियोगिताको उपाधिका लागि साबिक विजेता नेपाल एपिएफ क्लब र न्यू डायमन्ड युथ स्पोटर्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेता टोलीले रू तीन लाख तथा उपविजेताले रु एक लाख ५० हजार पुरस्कार पाउनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित