सेयर बजारमा सामान्य सुधार, सुस्तायो कारोबार
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३७८ पटक पढिएको

आज नेपाली बजार ४.५७ अंकले उकालो लागेको छ। लगातार दोस्रो दिन सोमबार पनि सेयर बजारमा सामान्य सुधार आएको हो। योसँगै नेप्से परिसूचक २१००.६५ को विन्दुमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७६ अंकले बढेर ४०२.०१ को विन्दुमा पुगेको छ। आजको कारोबार रकम डेढ अर्ब रुपैयाँको हाराहारीमा खुम्चिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २५९ कम्पनीका ३९ लाख २२ हजार २१६ कित्ता सेयर १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४६ रुपैयाँमा किनबेच भएका छन्।
आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको सर्वाधिक ६ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ भने बाराही हाइड्रोपावरका सेयरधनीहरुको सेयरभाउमा ५ प्रतिशतको गिरावट आएको छ।
प्रतिक्रिया दिनुहोस