रु.७ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३२५ पटक पढिएको
रु.७ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८४ ‘ञ’ जारी गर्ने तयारी गरेको छ। आउँदो माघ २५ गते केन्द्रीय बैंकले ५ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि माघ २४ गते बोलकबोलमार्फत बिक्री गरिने भएको छ।

यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् भने यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ।

ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। यो ऋणपत्र २०८४ माघ २५ गते परिपक्व हुने भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित