सुनको मूल्य आहिले सम्म कै उच्च, नयाँ रेकर्ड कायम

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ४७९ पटक पढिएको
सुनको मूल्य आहिले सम्म कै उच्च, नयाँ रेकर्ड कायम

काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला रू १ हजारले बढेर सुनको मूल्यमा रू एक लाख ६ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए।

यसअघि २०७८ साल फागुन २५ मा सुनको मूल्य सबैभन्दा बढी प्रतितोला रू १ लाख ५००५ पुगेको थियो। सोमबार छापावाल सुन प्रतितोला रू १ लाख ५३०० मा कारोबार भएको थियो। महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू १ लाख ५८०० कायम भएको छ। यसको मूल्य अघिल्लो दिन रू १ लाख ४८०० थियो। त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १५ ले घटेर रू एक हजार तीन सय ६५ कायम भएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ। महासङ्घ अध्यक्ष शाक्यले रुस र युक्रेनबीचको युद्ध तथा विभिन्न देशका केन्द्रीय बैंकहरुले सुन मौज्दात बढाउन थालेपछि सुनको मूल्य बढेको बतए।

महासङ्घले हाल दैनिक ३० देखि ३५ केजी सुन पाउनुपर्ने माग गर्दै आएको छ। अध्यक्ष शाक्यले भन्नुभयो, “हाल दैनिक १० केजी सुन मात्रै दिइएको छ, जुन अपर्याप्त छ, अहिलेको अवस्था हेर्दा दैनिक कम्तीमा ३० देखि ३५ केजी सुन आवश्यक छ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित