माओवादीका उपमहासचिव वर्षमानलाई अस्पतालबाट डिस्चार्ज

  • वर्ल्ड दैनिक
  • १० महिना अघि
  • २०० पटक पढिएको
माओवादीका उपमहासचिव वर्षमानलाई अस्पतालबाट डिस्चार्ज

काठमाडौं– नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनलाई ललितपुरको सुमेरु अस्पतालले डिस्चार्ज दिएको छ। ललितपुरको सुमेरु अस्पतालमा उपचाररत नेता पुनलाई शुक्रबार डिस्चार्ज दिईएको हो।

प्रा.डा.युवराज शर्माले बताएअनुसार पुनको स्वास्थ्यमा केही सुधार आएपछि डिस्चार्ज प्रक्रिया अघि बढाइएको हो। उपचारमा संलग्न चिकित्सकले पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव दिईएको छ। पुनको कलेजोमा समस्या देखिएपछि चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका हुन्।

पेटरोग विशेषज्ञ डा.शर्माले पुनको लिभरमा असर देखिएका कारण प्रत्यारोपणको सुझाव दिएको बताए। जण्डिससम्बन्धी समस्याबाट नेता पुन लामो समयदेखि पीडित छन्।

केही समयअघि पुनले चीन पुगेर स्वास्थ्य परीक्षण गराएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित