भारतीय राजदूत श्रीवास्तव र परराष्ट्रमन्त्री पौड्यालबीच भेटवार्ता
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३८८ पटक पढिएको

काठमाडौं– परराष्ट्र मन्त्री विमला पौड्याल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

राजदूत श्रीवास्तव बिहीबार पराष्ट्रमन्त्री भेट्न सिंहदरवारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए। भेटका क्रममा राजदूत श्रीवास्तवले भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको बधाइपत्र परराष्ट्रमन्त्री पौडेललाई हस्तानतरण गरेका थिए।
भेटका क्रममा द्विपक्षीय हित र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस