जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

  • वर्ल्ड दैनिक
  • ८ महिना अघि
  • २२७ पटक पढिएको
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

मोरङमा २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-७ बर्गाची बस्ने २६ वर्षीय दिलीप जोगी र सोही ठाउँ बस्ने ५० वर्षीय खगेन्द्र तामाङ रहेका छन्। ती महिलालाई गत पुस ३० गते दिलीपले र माघ १ गते खगेन्द्रले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थाई प्रहरी पोष्ट कानेपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। नेपाल प्रहरी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित