आउँदो माघ ७ मा उपसभामुखको निर्वाचन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९३ पटक पढिएको
आउँदो माघ ७ मा उपसभामुखको निर्वाचन

काठमाडौं– यही आउँदो माघ ७ गतेका दिन प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन हुने भएको छ। आजको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी दिए।

उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ।

सचिवालयलाई उक्त निर्वाचनसम्बन्धी सूचना आजै जारी गर्न बैठकले निर्देशन समेत दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित