सुनधाराको सिभिल मलमा युवकले आफैंलाई किन लगाए आगो ?

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४३५ पटक पढिएको
सुनधाराको सिभिल मलमा युवकले आफैंलाई किन लगाए आगो ?

काठमाडौँ- काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफैंलाई आगो लगाएको अवस्थामा प्रहरीले उद्दार गरेको छ। बिहीबार बिहान ११.१५ बजे काठमाडौं महानगरपालिका १६ बस्ने २१ वर्षीय विसन गुरुङले आफैंमाथि प्रेटोल छर्किएर आगो लगाएर आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

गुरुङले प्रेटोल छर्केर आगो लगाएको अवस्थामा स्थानीय र मलका सुरक्षा गार्डले आगो निभाएपछि प्रहरी बृत्त जनसेवाबाट खटिएको टोलीले ती युवालाई उद्धार गरी उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर पुर्‍याएको हो। ट्रमामा उपचार हुन नसकी उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको थियो।

हालः कीर्तिपुरमा उपचार भइरहेको छ। घाइते गुरुङको अनुहार र शरीरको विभिन्न भागमा आगोले पोलेको छ। उनले किन आत्मदाह गर्न खोजे कारण खुल्न नसकेको प्रवक्ता मैनालीले बताए। घटनाको बृस्तित विवरण आउन बाकी नै छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित