सिम डुप्लिकेसन गरी ठगी गर्ने कार्यमा संलग्न १ जना पक्राउ

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २०७ पटक पढिएको
सिम डुप्लिकेसन गरी ठगी गर्ने कार्यमा संलग्न १ जना पक्राउ

काठमाडौं- सिम डुप्किकेसन गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कालिकोट सान्नी त्रिवेणी गाउँपालिका-४ घर भई काठमाडौं गंगोवु बस्ने २६ वर्षीय पुर्ण योगी भन्ने पुर्णनाथ योगीलाई प्रहरीले पक्राउ गरेको छ।

योगीले सामाजिक संजाल फेसबुक, ह्वाट्स एप, ईमो जस्ता एपको दुरूपयोग गरी आकर्षक तलब सुबिधामा फ्रान्स, स्विजरल्याण्ड जस्ता विकसित देशहरूमा रोजगारीको अवसर रहेको भन्दै विज्ञापन राखी भिसा प्रोसेसिङको लागि सम्पर्कमा आएका व्यक्तिको सक्कल कागजात मागेका थिए।

तत्पश्चात भिसा प्रोसेसिङको लागि बैंक खातामा रकम जम्मा गर्न लगाउनुको साथै पीडितहरूले पेश गरेको नागरिकता तथा राहदानी समेतका प्रतिलिपिहरू मोबाइल सेवा प्रदायक कम्पनीहरूमा पेश गरी पीडितहरूको नामबाट सिम निकाली डुप्लिकेशनको माध्यमबाट पीडितहरूको मोबाइल बैंकिङमा पहुँच पुर्‍याई पीडितहरूको खातामा रहेको रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला परिसर काठमाडौं पठाइएको छ। नेपाल प्रहरी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित