गठबन्धनबाट घिमिरे सभामुखको उम्मेदवार बनाउने निर्णय

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १७८ पटक पढिएको
गठबन्धनबाट घिमिरे सभामुखको उम्मेदवार बनाउने निर्णय

काठमाडौं– सत्ता गठबन्धनबाट प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने निर्णय भएको छ।

आज घिमिरेले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर सभामुख पदका लागि उम्मेदवारी मनोनयन दाखिला गर्ने कार्यक्रम छ। प्रतिनिधिसभाका सभामुखका लागि आज दिउँसो १ देखि अपरान्ह ४ बजेसम्म मनोनयनको समय तोकिएको छ।

गत मंसिरमा भएको निर्वाचनमा झापा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका घिमिरे एमालेका प्रदेश १ इन्चार्जसमेत हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित