नवनियुक्त स्वास्थ्यमन्त्री गिरीद्वारा कान्ति अस्पतालको अनुगमन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४४७ पटक पढिएको
नवनियुक्त स्वास्थ्यमन्त्री गिरीद्वारा कान्ति अस्पतालको अनुगमन

काठमाडौं-भर्खरै नियुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले कान्ति बाल अस्पतालको अनुगमन गरेका छन्।

मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनि महाराजगञ्ज पुगी अस्पतालको अनुगमन गरेको अस्पतालका कार्यकारी निर्देशक डा युवानिधि बसौलाले जानकारी दिए। उनका अनुसार मन्त्री गिरीले २५ शय्याको आकस्मिक कक्ष, सघन उपचार कक्ष (आइसियु), बच्चाको क्यान्सर शय्या, नवजात शिशुको एचडियु (हाइडिपेडेन्सी युनिट) र कुरुवा घरको अनुगमन गरे।

अनुगमनका क्रममा मन्त्री गिरीले नवजात शिशुको मृत्युदर कसरी घटाउने भन्नेमा चासो राखेको अस्पतालका निर्देशक डा बसौलाले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित