उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ सरकारको निर्णय
- वर्ल्ड दैनिक
- १० महिना अघि
- ३३९ पटक पढिएको

काठमाडौं-कृषि उत्पादन बढाउन सरकारले ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा गर्ने निर्णय गरेको छ। नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले आज मन्त्रालयमा पदवहाली गरेपछि उक्त दशक घोषणा गर्नेसम्बन्धी निर्णय गरिएको हो।

मन्त्रालयका अनुसार कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। कृषि लगानी दशक आर्थिक वर्ष २०८०/०८१ देखि २०८९/९० सम्म सञ्चालन हुनेछ।
यस्तै मन्त्री साहले कृषि बीमाको अनलाइनबाट भुक्तानी गर्ने सम्बन्धी निर्णय गरेकी छन्।
प्रतिक्रिया दिनुहोस