प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु
- वर्ल्ड दैनिक
- ८ महिना अघि
- १७३ पटक पढिएको

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउने मुख्य उद्देश्य रहेको छ।

उक्त बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखक रहेका छन्।
त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि रहेका छन्। नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा, र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरू पनि सहभागी रहेका छन्।
बैठकमा खासगरी सरकारमा सहभागी दलहरूलाई बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस