सभामुखको निर्वाचनसम्न्धी कार्यतालिका सार्वजनिक

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३३१ पटक पढिएको
सभामुखको निर्वाचनसम्न्धी कार्यतालिका सार्वजनिक

सभामुखको निर्वाचनसम्न्धी संघीय संसद् सचिवालयले कार्यक्रम सार्वजनिक गरेको छ।

मंगलबार सार्वजनिक गरेको कार्यक्रमअनुसार संघीय संसद् सचिवालयले माघ ४ गते बुधबार १ देखि ४ बजेसम्म सभामुखका लागि उम्मेदवारी दर्ता गर्ने र सोही दिन सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने भएको छ।

त्यस्तै माघ ५ गते ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि उम्मेदवारको सूचनामाथि सामूहिक छलफल गर्ने कार्यक्रम रहेको बताईएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित