माघमा ज्ञानेन्द्र शाही बिहेको चर्चा सिंहदरबारमा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४४६ पटक पढिएको
माघमा ज्ञानेन्द्र शाही बिहेको चर्चा सिंहदरबारमा

आज दिउँसो ज्ञानेन्द्र शाही ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री सम्हाल्न पुगेका राजेन्द्र लिङ्देनलाइ बधाई दिन सिंहदरबार पुगेका थिए।

पदभार ग्रहण गरेका उपप्रधानमन्त्री तथा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री लिङ्देनलाई बधाई दिएर फर्किएका ज्ञानेन्द्र शाहीलाई वर्ल्ड दैनिकका संवाददाताले उर्जा मन्त्रालयको धोका मै रोके। “यो पटक जनमास मा सनसनी भईरहेको कुरा यस पटकको माघमा ज्ञानेन्द्र शाही बैबाहिक बन्धनमा बाधिदै हुनु हुन्छ ?” संवाददाता ले सोधे। बिहेको कुरा सुनेपछि शाही खुसी हुँदै खित्केर हासेका थिए।

ज्ञानेन्द्र शाही खित्केर हासेपछि एकछिन् नै सिंहदरबारको उर्जा मन्त्रालय परिसरमा भएका सबैजसो खित्केर हासेका थिए। एकछिन् कै किन नाहोस् बिहेको प्रश्नले माहोल रमाइलो बनाएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित