गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाए

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३५१ पटक पढिएको
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाए

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन्। आज भएको प्रेदशसभा बैठकमा अधिकारीको पक्षमा ३१ मत र विपक्षमा २७ मत परेको हो।

नेकपा एमालेका २२, माओवादी केन्द्रका ७ र राप्रपाका २ गरी ३१ जना पक्षमा मत हालेका छन् भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरे।

एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद राजीव गुरुङ र दीपक मनाङे भने प्रदेशभा बैठकमा अनुपस्थित भए। अधिकारी पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित