बागमती प्रदेशको सभामुखमा पाठक बहुमतले निर्वाचित

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १८४ पटक पढिएको
बागमती प्रदेशको सभामुखमा पाठक बहुमतले निर्वाचित

भुवनकुमार पाठक बागमती प्रदेशसभाको सभामुखमा निर्वाचित भएका छन्। आज प्रदेशसभामा भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट उम्मेदवार बसेका पाठक सभामुख पदमा निर्वाचित भएका हुन्।

उनले ६२ मत प्राप्त गरेको प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले जानकारी दिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराज अधिकारीले ३६ मत प्राप्त गरेका थिए भने नेपाल मजदुर किसान पार्टी ९ नेमकिपा०की सिर्जना सैजुले ३ मत प्राप्त गरेका थिए।

बैठकमा कूल ११० सदस्यमध्ये १०९ सदस्य उपस्थित थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित