सन्दीप लामिछाने २० लाख धरौटी बुझाएर थुनामुक्त
- वर्ल्ड दैनिक
- २ साल अघि
- ६०५ पटक पढिएको

नाबालिका बलात्कार अभियोगमा केन्द्रीय कारागारमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी बुझाएर थुनामुक्त भएका छन्। बिहीबार पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि शुक्रबार दिउँसो २० लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन्।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म लामिछानेलाई विदेश जान रोक लगाउँदै धरौटीमा छाड्न बिहीबार आदेश दिएको हो।
लामिछानेले स्नापच्याटबाट सम्पर्कमा आएकी १७ वर्षीया नाबालिगलाई गत भदौ ५ मा नगरकोट घुमाई रातिकाठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस