मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिए

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३९६ पटक पढिएको
मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिए

काठमाडौं-मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका उनले आजमधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ लिएका हुन्।

यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका हुन्। मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिएका छन्।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित