सभामुख र उपसभामुख चयनका बिषयमा कांग्रेसले अन्य दलहरुसँग छलफल गर्ने

  • वर्ल्ड दैनिक
  • ८ महिना अघि
  • १७१ पटक पढिएको
सभामुख र उपसभामुख चयनका बिषयमा कांग्रेसले अन्य दलहरुसँग छलफल गर्ने

काठमाडौं-प्रतिनिधिसभाको सभामुख र उपसभामुखको चयनका सम्बन्धमा नेपाली कांग्रेसले अन्य दलहरुसँग छलफल गर्ने भएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्वाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले सभामुख र उपसभामुखको निर्वाचनका बिषयमा संसदमा रहेका अन्य राजनीतिक दलहरुसंग छलफल चलाउने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

दलहरुसँग छलफल गरेर मात्रै सभामुख र उपसभामुखमा उम्मेद्वारीका विषयमा पार्टीले निर्णय लिने उनले बताए। राष्ट्रपति चयनका विषयमा भने पार्टीभित्र अहिलेसम्म छलफल नभएको पाण्डेको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित