निर्माण व्यवसायीद्वारा सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता
- वर्ल्ड दैनिक
- २ साल अघि
- १४१७ पटक पढिएको

काठमाडौं-उपत्यकाका १५ रुग्ण योजनाका निर्माण व्यवसायीले विभिन्न समयमा सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको बैठकमा उनीहरुले आ-आफ्नो समस्या सुनाउँदै अब सम्पन्न गर्नसक्ने अवधि बताएका हुन्।

पन्ध्र आयोजनामध्ये कतिले माघ, कतिले फागुन त कतिले असारसम्ममा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। सो अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठसँगै भौतिक पूर्वाधार सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ थापा र विभिन्न आयोजनाका प्रमुख र सम्बन्धित निर्माण कम्पनीका तर्फबाट प्रतिनिधि सहभागी भएका थिए।
प्रतिबद्धता जनाउने कम्पनीहरुमा तुदी-प्रेरा जेभी बागडोल ललितपुर, दिवा-शैलुङ जेभी, शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि, आशिष सिएम जयबाबा जेभी, महालक्ष्मी-वर्ल्डवाइड भण्डार धोदुङ जेभी, सुनकोशी-प्रजिल जेभी, महर्जन निर्माण सेवा र ड्रागन–महर्जन जेभी रहेका छन् ।