Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

स्रोत नखुलेको ७ लाख रकमसहित मोरङबाट १ जना पक्राउ

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३६५ पटक पढिएको
स्रोत नखुलेको ७ लाख रकमसहित  मोरङबाट १ जना पक्राउ

मोरङको विराटनगरबाट स्रोत नखुलेको ७ लाखभन्दा बढी नेपाली रूपैयाँसहित १ जनालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट विभिन्न बैंकको एटिएम कार्ड १४ थान, विभिन्न बैंकको चेक ९ थान र को.२४ प ७९८४ नम्बरको मोटरसाइकल सहित सोही महानगरपालिका-१८ बस्ने ३६ वर्षीय रवि प्रकाश साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

रविलाई जिल्ला प्रहरी कार्यतालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। नेपाल प्रहरी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित