बागमती प्रदेशको सभामुखका लागि तीन जनाको उम्मेदवारी
- वर्ल्ड दैनिक
- २ साल अघि
- २०९ पटक पढिएको

बागमती प्रदेशको सभामुखका लागि तीन जनाले उम्मेदवारी दिएका छन्।

उम्मेदवारी दिनेमा सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महासचिव भुवन पाठक, नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सिर्जना सैंजु रहेका छन्।
उनीहरुले सभामुख पदका लागि प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् भने मतदान शुक्रबार हुने भएको छ। सभामुखको निर्वाचन प्रक्रिया पूरा गर्न शुक्रबार ११ बजे प्रदेशसभाले बैठक बोलाएको छ।
प्रतिक्रिया दिनुहोस