प्रदेश १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ४२३ पटक पढिएको
प्रदेश १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित

प्रदेशसभा सदस्य बाबुराम गौतम आज प्रदेश नं १ को सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।

प्रदेशसभाको प्रथम अधिवेशनको तेस्रो बैठकले प्रदेशसभा नियमावली, २०७४(पहिलो संशोधन समेत)को नियम ७ बमोजिम सभामुखमा गौतम निर्वाचित भएको सभाध्यक्ष गयानन्द मण्डलले जानकारी दिए।

सभामुख पदका लागि नेकपा (माओवादी केन्द्र)का तर्फबाट गौतमको मात्र उम्मेदवारी परेको थियो भने उंको प्रस्तावकमा प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी तथा समर्थकमा प्रदेशसभा सदस्य नारायणबहादुर मगर, गोपालबहादुर विश्वकर्मा र कमलप्रसाद जवेगु रहेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित