लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गिरीको दाबी पेश

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३२४ पटक पढिएको
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गिरीको दाबी पेश

लुम्बिनी प्रदेशमा एमाले नेता लीला गिरीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै सरकार गठन गर्न सत्ता गठबन्धनले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको छ।

दलहरूलाई बुधबार ४ बजेभित्रै सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका थिए। गिरीलाई मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र), राप्रपा, नागरिक उन्मुक्ति, जसपा, लोसपा‚ जनमत पार्टी र तीन स्वतन्त्रसहित ५८ जनाको समर्थन छ।

एमाले संसदीय दलका नेतासमेत रहेका गिरीलाई बुधबार नै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित