अत्याधिक बढेको चिसोको शितलहरले सर्लाहीमा ६ जनाको मृत्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४१६ पटक पढिएको

चिसो बढेसँगैको शितलहरले सर्लाहीमा यस वर्ष ६ जनाको मृत्यु भएको छ। अत्याधिक चिसो बढेसँगै जिल्लाको जनजीवन प्रभावित बन्दै गएपछि वृद्धवृद्धाको ज्यान गएको हो।

चिसोले सबैभन्दा धेरै बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन्। ज्याला मजदुरी गरेर जिबिकोपार्जन गर्ने विपन्न परिवार काम गर्न नसकेर समस्यामा छन्। कठ्यांग्रिदो चिसोले सर्वसाधारण घरबाट बाहिर निस्कनै समस्या भईरहेको छ।
सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए अनुसार चिसो प्रभावितलाई राहत दिनका लागि जिल्ला विपद व्यवस्थापन समितिले केही स्थानमा राहत सामग्री स्वरुप न्यानो कपडा वितरण गरेको छ।
प्रतिक्रिया दिनुहोस