जनमतका अध्यक्ष राउत र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता
- वर्ल्ड दैनिक
- ८ महिना अघि
- १४७ पटक पढिएको

जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सीके राउत र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेटवार्ता भएको छ। बुद्धनगरस्थित पार्टी कार्यालय पुगेर बुधबार बिहान थम्प्सनले अध्यक्ष राउतसँगै जनमतका पदाधिकारीहरूसँग भेटवार्ता गरेका हुन्।

उक्त भेटवार्तामा दुई देशबीच विकास सहकार्यबारे चर्चा भएको महासचिव चन्दनकुमार सिंहले जानकारी दिए। भेटबारे जानकारी दिँदै उनले भने, ‘अमेरिकी राजदूत थम्प्सनजीलगायतका अधिकारी आज बिहान पार्टी कार्यालयमा आएर अध्यक्षलगायत पार्टीका पदाधिकारीसँग कुराकानी गरे।
भेटमा समसामयिक राजनीतिबारे चर्चा भत्यस्तै राजदूत थम्प्सनले अध्यक्ष राउतलाई राष्ट्रिय पार्टी बनेकोमा बधाई पनि दिएको सिंहले बताए। प्रतिनिधिसभा निर्वाचनपछि अमेरिकी राजदूत थम्प्सनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस