जसपाका यादव मधेसको मुख्यमन्त्रीमा नियुक्त
- वर्ल्ड दैनिक
- १ साल अघि
- २२६ पटक पढिएको
जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार बिहान यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
बुधबार नै नेकपा एमाले, माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। १०७ सिट रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ।
यादवलाई एमालेका २३, जसपाका १६, जनमतका १३ माओवादीका ८ र ३ जना स्वतन्त्र सांसदको समर्थन छ। मधेसमा जसपा र जनमतले आलोपालोमा मुख्यमन्त्री पद लिने सत्ता गठबन्धनमा सहमति भएको छ।
यादव मधेस प्रदेशका दोस्रो मुख्यमन्त्री भएका हुन्। यसअघि उनकै दल जसपाबाट लालबाबु राउत मधेस प्रदेशका मुख्यमन्त्री थिए।
प्रतिक्रिया दिनुहोस