प्रधानमन्त्री र गण्डकीका मुख्यमन्त्रीबीच भेटवार्ता

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४८८ पटक पढिएको
प्रधानमन्त्री र गण्डकीका मुख्यमन्त्रीबीच भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको सो भेटमा दुईबीच एकअर्काबीच बधाई आदान-प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मङ्गलबार प्रतिनिधिसभाको अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका थिए। अधिकारी सोमबार नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित