प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत, विपक्षमा २, पक्षमा २६८

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ५१९ पटक पढिएको
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत, विपक्षमा २, पक्षमा २६८

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा बहुमत परेको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घोषणा गरे।

प्रधानमन्त्रीको पक्षमा २६८ परेको छ भने विपक्षमा २ जनाले मतदान गरेका छन्। मतदानमा २७० उपस्थित भएका थिए।

प्रधानमन्त्री दाहाललाई संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, लोसपा, जनमत लगायतका दलले मत दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित