यो कार्यकालमा इमान्दार स्वीकारोक्तिसहित केही न केही गर्ने प्रतिबद्धता व्यक्त गर्छु : प्रधानमन्त्री
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३९३ पटक पढिएको

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्पका साथ आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको बताएका छन्।

प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्दै उनले प्रधानमन्त्रीका रूपमा आफूले निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको स्पष्ट पारे। आत्मस्वीकारोक्ति र आत्मसमीक्षासहित उभिएको उल्लेख गर्दै उनले विगतका दुई पटकका अनुभवबाट यस पटक कुनै गल्ती गर्ने छुट नभएको स्पष्ट पारेका छन्।
प्रधानमन्त्री दाहालले यस पटक सिङ्गो देश एक ठाउँमा उभिएर विश्वलाई नै एकताको सन्देश दिन चाहेको उल्लेख गर्दै यो कार्यकालमा इमान्दार स्वीकारोक्तिसहित केही न केही गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस