कांग्रेसद्वारा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय, महामन्त्रीद्वय असहमति
- वर्ल्ड दैनिक
- १ साल अघि
- ४१८ पटक पढिएको
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ। उक्त निर्णयमा कांग्रेसकै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले असहमति जनाएका छन्।
सभापति शेरबहादुर देउवाले आज बिहान पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका थिए। तर महामन्त्रीद्वयले असहमति जनाएपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो।
कार्य सम्पादन समिति बैठकमा केपी ओली नेतृत्वमा रहँदा फेरि पनि संसद विगठन हुनसक्ने खतरा रहेको भन्दै प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको नेता महेन्द्र यादवले बताएका छन्।
हिजोको संसद बैठकमा केपी ओलीले जनमतमा जाने गरी संसद विगठन हुन प्रतिगमन नहुने तर्क राखेका थिए। सोही प्रकृया दोहोरिन सक्ने भन्दै कांग्रेसले सचेततासहित प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको यादवले बताए। उनले भने, ‘केपी ओलीले पुन : संसद भंग गरेर प्रतिगमन दोहोर्याउन सक्ने भएकाले हामीले प्रचण्डलाई विश्वासको मत दिन लागेका हौं।’
आजको संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ।